लालबन्दीमा नवनिर्मित व्यावसायिक भवन उद्घाटनको तयारी

नवनिर्मित व्यावसायिक भवन

सर्लाही, फागुन ११ : लालबन्दी नगरपालिका-७ मा बनेको नवनिर्मित व्यावसायिक भवन को उद्घाटन समारोहका लागि तयारी तीव्र पारिएको छ। फागुन १२ गते हुने उक्त कार्यक्रममा नगरपालिकाले विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा गरिसकेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत दलहरूलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको छ।

शहरी विकास तथा भवन निर्माण विभागमार्फत बनेको उक्त भवनको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको छ। नगरपालिकाले औपचारिक सूचना जारी गर्दै फागुन १२ गते सोमबार उद्घाटन कार्यक्रम तय भएको जानकारी दिएको छ।

नगरपालिकाले यस भवनलाई स्थानीय व्यवसायिक गतिविधि प्रवर्द्धन गर्नका लागि उपयोग गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा सरोकारवालाहरू, स्थानीय बासिन्दा, तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *