महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु

महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु

बर्दिबास : महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी रायको शंकास्पद मृत्यु भएको छ। रिनाको माइती पक्षले दाइजोको निहुमा पति रोहनकुमार राउत र ससुराले मिलेर हत्या गरेको दाबी गरेका छन्।

प्रहरी र माइती पक्षलाई रिनाको घरबाट अचानक बिरामी भएर मृत्यु भएको जानकारी गराइएको थियो। महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार, रिनाको घर पुग्दा शव घरको बरण्डामा फेला परेको थियो।

माइती पक्षले भने रिनाको मुखबाट रगत बगेको जस्तो देखिएको र घाँटीमा निलडाम रहेको बताएका छन्, जसले हत्या भएको आशंका उत्पन्न गरेको छ। रिना हालै मात्र माइतबाट घर फर्किएकी थिइन्।

रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। पोस्टमार्टमपछि मात्र मृत्युको वास्तविक कारण पत्ता लाग्ने डिएसपी जयसवारले बताएका छन्। घटना शंकास्पद मृत्यु भएपनि प्रहरीले हालसम्म कसैलाई पक्राउ गरेको छैन।

धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्पराअनुसार रोहनसँग विवाह भएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *