चारवटा संसदीय समितिको बैठक बस्दै

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, साउन २३ । आज संघीय संसद्का चार समितिको बैठक बस्दै छ। जसअनुसार अहिले बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ। यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ।
त्यस्तै, बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ग्रामीण क्षेत्रमा बाघ, भालु, हात्तीलगायत जनावरको आक्रमणबाट जनधनमा पुगेको क्षतिका विषयमा छलफल हुनेछ। बैठकमा बाँदर, बँदेल, दुम्सी, निलगाईलगायत वन्यजन्तुबाट कृषि बालीमा भइरहेको क्षतिका बारेमा समेत छलफल हुनेछ।
छलफलका लागि वन तथा वातावरणमन्त्री, राज्यमन्त्री एवं सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकलगायतलाई बोलाइएको छ।
मध्याह्न १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुँदैैछ भने दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्तासँग छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
तपाइको प्रतिक्रिया राख्नुहोस्

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *