नवलपरासी,पश्चिम् । गर्मी मौसममा तराईमा सर्पको बिगबिगी नै हुने गर्दछ । पुर्वी नवलपरासीको त्रिवेणिमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रले बिगत लामो समयदेखि प्रभावकारी सेवा दिँदै आइरहेको छ । सर्पको डसाइबाट समयमै यस केन्द्रमा पुगेका कयौँ बिरामीहरू सन्चो भएर फर्किएका छन्।
पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिका वडा नम्बर-६ मा नेपाली सेनाको गोरखदल गण भित्र यो सर्पदंश उपचार केन्द्र रहेको छ ।यो क्षेत्रकै भरपर्दो र विश्वासिलो उपचार केन्द्रको रुपमा यो उपचार केन्द्र रहेको छ ।
नेपाली मात्रै होईनन सर्पले टोकेका भारतीयहरू पनि यहाँ आएर उपचार पछि फर्कने गरेका छन् । ६ शय्याको उपचार केद्रमा नेपाली सेनाका तालिम प्राप्त तीन जनाको दक्ष प्राविधिक जनशक्ति चौबीसै घण्टा उपचारमा खटिन्छन् । बिरामीमा देखिने प्रभाव र लक्षणका आधारमा आवश्यक एन्टिभेनम प्रदान गरिने उनीहरूको भनाई छ । दैनिक ३/४ जना सर्पले टोकेका बिरामीहरू आउने गरेको उनीहरूको भनाई छ ।
पश्चिम् नवलपरासीको सुस्ता,प्रतापपुर गाउँपालिका,बर्दघाट नगरपालिकाबाट सर्पले टोकेका बिरामीहरू सेनाको उपचार केन्द्रमा पुग्ने गर्दछन् । भारतीय सीमा सँग जोडिएको हुनाले यो उपचार केन्द्र भारतीयहरूको समेत विश्वासिलो उपचार केन्द्र हो ।
गत बर्ष सेनाको यस उपचार केन्द्रबाट ४ सय८५ जनाले उपचार सेवा लिएका छन् । जसमध्ये ३ सय ४९ नेपाली र १ सय ३६ जना भारतीय रहेका छन् । उपचार केन्द्र सैनिक ब्यारेकसँगै सञ्चालनमा रहेकाले बिरामीले सहज र सुरक्षित महसुस गर्दै आएका छन् ।
ब्यारेकमा सर्पदंश उपचार सेवा २०४२/४२ साल तिर सुरु भएको बिनयी त्रिबेणि गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष नरेन्द्र शाहले बताउनु भयो । उपचार केन्द्रमा आवश्यक पर्ने औषधि गण्डकी प्रदेश सरकारले उपलब्ध गराउँदै आएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।सामान्य टिनले छाएको भवनबाट सेवा प्रदान गरिँदै आइएको छ ।
व्यवस्थित भवन निर्माणका लागि केही समय अघि कुरा उठेको गणका जमदार यम बहादुर बुढा क्षेत्रीले बताउनु भयो ।
तपाइको प्रतिक्रिया राख्नुहोस्
Source link
आवाज बिहिनहरुको आवाज