काठमाडौँ: नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक-सामाजिक विकासमा चीनको पूर्ण सहयोग हुने बताउनुभएको छ। चिनियाँ राजदूत छन सोङसंगको प्रतिबद्धता पछी नेपालको विकासमा चीनले सहयोग गर्ने भएको हो ।
चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आयोजित कार्यक्रममा राजदूत सोङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरू नेपालका लागि लाभदायक हुने बताउनुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्र्टीको २०औँ केन्द्रीय समितिको तेस्रो बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण रहेको बताउनुभयो।
राजदूत सोङले सुधारका उपायहरूले चीन र नेपाललाई हिमालय पारिपारि जोड्ने सञ्जाल निर्माणमा मद्दत गर्ने र दुवै देशका जनताहरूलाई लाभान्वित गर्ने बताउनुभयो। उहाँले कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, र पर्यटन क्षेत्रमा क्षमता विस्तारमा योगदान हुने उल्लेख गर्नुभयो। साथै, चिनियाँ कम्युनिष्ट पार्टीको सुधार र खुलापनको निर्णयले चीनको निरन्तर विकास सुनिश्चित गर्ने बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाल र चीनबीचको सम्बन्ध आपसी हित र दिगो मैत्रीमा आधारित पछी नेपालको विकासमा चीनले सहयोगगर्ने कुरा रहेको बताउनुभयो। उहाँले चीनले नेपालको विकासमा सधैँ उदारतापूर्वक सहयोग गरेको उल्लेख गर्नुभयो। नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीनको विकास अनुभवबाट नेपाल र बाँकी विश्वले धेरै कुरा सिक्न सक्ने बताउनुभयो।