बागमती नदी किनारमा पुरुषको शव फेला –

चन्द्रपुर : रौतहटको बागमती नदीतर्फ किनारमा एक जनाको शव फेला परेको छ।

माधव नारायण नगरपालिका-९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको हो।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले उक्त शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ।

त्यस्तै यमुनामाई गाउँपालिका-४ स्थित साँझ खोला किनारमा पनि आज एक जना अपरिचित ३० वर्षकी महिलाको शव फेला परेको छ।

स्थानीयले दिएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *