नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्रीको छोरी कार्यक्रम बजेटबाट हटाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको छ ।
‘बजेटमा यस्ता धेरै कार्यक्रम आए, प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदको छोरीहरु हो भन्ने त मलाई केही भन्नु छैन,’ उहाँले भन्नुभयो, ‘नेपालको छोरी हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा छोरीहरुको अपमान भएको छ । बरु त्यही रकम विनियोजित हुने हो भने त्यसलाई शीर्षकबाट हटाइदिँदा जाति हुन्छ जस्तो मलाइ लाग्छ ।’ प्रधानमन्त्रीको छोरी कार्यक्रम बजेटबाट


