सुनसरी । यस्तो घटना सुन्नु भएको छैन होला । सुन्दा पनि कुनै फिल्मको कथाजस्तै लाग्ने यो घटना ,हाम्रो देशको सुनसरी जिल्लामा भएको हो ।
सुनसरीमा बिहेमा दाईले मापसे गरेको भन्दै बेहुली पक्षले बेहुलाको भाईसंग बिवाह गरिदिएका छन् । हुनेवाला बेहुलाले मापसे गरी बिवाहा मण्डपमा आए पछि घटनाले यस्तो मोड लिएको हो।
बिहे गर्नका लागि दुलहीकोमा आइसकेको बेहुलाले मापसे गरेको थाहा पाइसके पछी एकाएक बेहुली पक्षले बेहुला सङ बिहे गर्न इन्कार गरि बेहुलाको भाइसग गराएका हुन् ।


