काठमाडौं । कुमारी बैंक लिमिटेडले प्रदेश न. २ ,सर्लाही जिल्ला ,वाग्मती नगरपालिका अन्तर्गत सोल्टी बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखाको उद्घाटन मधेश प्रदेश माननिय जवाहरलाल कुशबाहा , मेयर भरत कुमार थापा , उपमेयर लिला कुमारी मोक्तान ज्युबाट आज मिति २०८०/११/१० गते बिधिवत रुपमा समुद्घाटन भएको छ ।

कुमारी बैंकले देशभर २९९ शाखा सञ्जाल, ३४५ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ भन्दा बढि शाखारहित इकाइबाट सेवा दिँदै आएको छ ।



