आफ्नै विद्यार्थीलाई बलात्कार प्रयास गरेको आरोप लागेका सर्लाहीका शिक्षक कारागार चलान

आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा हरिवनबाट एक महिनाअघि पक्राउ परेका एक शिक्षक कारागार चलान भएका छन्।

हरिवन नगरपालिका-११ घर भइ हरिवन- १० क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ४२ वर्षीय रवीन कार्कीलाई सर्लाही जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। 

घरमा कोही नभएको मौका छोपेर कार्कीले गएको माघ १० गते किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप छ। किशोरीले प्रतिवाद गरेपछि घटना बाहिरिएको थियो। 

पीडित पक्षको उजुरीको आधारमा प्रहरीले कार्कीलाई त्यतिबेलै पक्राउ गरेको थियो। 

थप अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय मार्फत् सोमबार सर्लाही जिल्ला अदालत मलंगवामामा पेस हुँदा कार्कीलाई पुर्पक्षको लागि कारागार कार्यालय मलंगवा पठाउने आदेश भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *