मलंगवामा भदौ २० र २१ गते जेसीज क्षेत्र (क) सम्मेलन हुने
शिव कुमार महतो, मलंगवा : सर्लाहीको सदरमुकाम मलंगवामा आगामी भदौ २० र २१ गते नेपाल जेसीज क्षेत्र (क) सम्मेलन २०२५ हुने भएको छ। आयोजकले आज (बुधबार) पत्रकार सम्मेलन गरेर युवा नेतृत्व विकास, व्यक्तित्व निखार र उद्यमशीलता प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा राखी सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएको हो। मलंगवा–८ स्थित होटल कुसुम पार्टी प्यालेसमा…


