लगातारको वर्षाले अर्घाखाँचीकाे जनजीवन प्रभावित
पाँच दिनदेखि परिरहेको लगातारको बर्षाले जनजिवन प्रभावित बनेको छ। दैनिक जीवनयापन नै प्रभावित बन्न पुगेको हो। लगातारको वर्षाले सडक अवरुद्ध हुनुका साथै विद्युत, खानेपानीका क्षेत्रमा समेत असर पुर्याएको छ। जिल्लाको मुख्य सडक गोरुसिंगे–सन्धिखर्क सडकखण्डको हिलेखोल र दहखोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शितगंगा नगरपालिकाको दहखोला र सन्धिखर्क नगरपालिकाको दहखोलामा माथीबाट पहिरो खसेपछी सडक अवरुद्ध…



