सुकुमबासीलाई रकम दिएरै भएपनि नदी किनार खाली गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंभित्र नदी किनारमा सरकारी जग्गा ओगटेर बसेका सुकुमबासीलाई ठाँउ खाली गर्न आदेश दिएको छ । आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले राहतस्वरुप नगदै दिएर भएपनि सुकुमबासीलाई ठाउँ खाली गर्न आदेश दिएको हो । वास्तविक सुकुम्बासीहरुको पहिचान गरी इचङ्गुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न…



