काठमाडौं र भक्तपुरमा लुटपाट, नेपाली सेनाले २१ जना पक्राउ

महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

काठमाडौँ : नेपाली सेनाले राजधानी काठमाडौं र भक्तपुरका विभिन्न इलाकामा भएको लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरेको जनाएको छ। हालको परिस्थितिको अनुचित फाइदा उठाउँदै उनीहरूले चोरी र तोडफोडको गतिविधि सञ्चालन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भक्तपुरको राधेराधे नजिकै रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने क्रममा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ। त्यस्तै होटल हायात र बौद्ध क्षेत्रबाट समेत लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।

यस्तै, राजधानीको नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाटमा पाँच जना संलग्न रहेको देखिएको छ। सेनाले ती पाँचै जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान सुरु गरिएको जनाएको छ।

लुटपाटको घटनापछि काठमाडौं र भक्तपुरका संवेदनशील क्षेत्रमा सेनाको निगरानी कडा पारिएको छ। सेनाले स्थानीयलाई अफवाहमा नफस्न र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।

यसअघि पनि विभिन्न स्थानमा अव्यवस्थित ढंगले लुटपाट हुने घटनाहरू देखिँदै आएका थिए। पछिल्लो घटनाले राजधानीमा सुरक्षाप्रति थप प्रश्न खडा भएको छ भने सेनाले अपराधीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *