१० असार, काठमाडौं । थाइल्याण्ड–कम्बोडिया बीचको सीमा विवाद तेस्रो दिनमा पुगेको छ। दुवै देशले युद्धविरामको आह्वान गरे पनि आक्रमण नरोकिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। शनिबार नयाँ क्षेत्रमा पनि झडप भएको पुष्टि भएको छ।
थाई प्रान्त त्राट र कम्बोडियाको पुरसात क्षेत्रमा झडप हुँदा अहिले सम्म ३२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने १३० भन्दा बढी घाइते भएका छन्। १ लाख ३० हजारभन्दा बढी नागरिक विस्थापित भएको जानकारी अन्तर्राष्ट्रिय एजेन्सीहरूले दिएका छन्।
थाई प्रधानमन्त्रीले उक्त झडप आत्मरक्षाको प्रयास भएको दाबी गरे पनि कम्बोडियाले त्यसलाई योजनाबद्ध हमला भनेको छ। अलजजिरा र बर्नामासहितका रिपोर्टहरू अनुसार दुवै देशले सैन्य गतिविधि बढाइरहेका छन्।
कम्बोडियाले थाइल्याण्डले सैन्य बल प्रयोग गरी बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ भने थाइल्याण्डले कम्बोडियाबाट भएको आक्रमणपछि मात्र जवाफी कारबाही भएको दाबी गरेको छ। विवाद जुलाई महिनामा कम्बोडियन सैनिकको हत्या पछि चर्किएको हो।
दुवै देशका नागरिकहरू विस्थापित भइरहेका छन्। थाई सीमावर्ती प्रान्त सिसाकेतमा ५ लाख नागरिक अस्थायी शिविरमा शरण लिइरहेका छन्। उद्धार र राहत वितरणमा सरकारहरूका लागि कठिनाई सिर्जना भएको छ।
मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले दक्षिण एशियाली साझा संगठनको तर्फबाट मध्यस्थता प्रस्ताव अघि सारेका छन्। उनले युद्धविरामका लागि दुवै पक्षसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।


