काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहेको समयमा भएका संसद विघटनका निर्णयहरू कुनै दबाबमा नभई संविधान र कानूनी प्रक्रियाअनुसार नै भएको स्पष्ट पारेकी छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो कार्यकालमा दुई पटक संसद विघटन भएको स्मरण गर्दै ती निर्णय मन्त्रिपरिषद्को सिफारिसमा, संविधानको प्रावधानअनुसार भएको बताइन् । कार्यक्रम मदन भण्डारी फाउन्डेशनको आयोजनामा भएको हो ।
पूर्वराष्ट्रपति भण्डारीको यस अभिव्यक्तिलाई राजनीतिक वृत्तले पुनः संसद विघटनको बहसमा नयाँ धार दिने संकेतका रूपमा हेरिएको छ ।


