चैत २०, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको अन्त्येष्टि पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार सम्पन्न भएको छ।
स्व. बोहराको मंगलबार उपचारको क्रममा निधन भएपछि छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिएका थिए।
अन्त्येष्टिमा सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा राप्रपा नेता-कार्यकर्ताहरू उपस्थित थिए।
यसैगरी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।
यसअघि राप्रपाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उपसभामुख इन्दिरा राना, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले) का सचिव योगेश भट्टराई लगायतका नेताहरूले बोहराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।