माघ २८ ,काठमाडौं – बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरबाट अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा २३ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार हिजो रातिदेखि आज बिहानसम्म चलेको अपरेशनमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट ८८ मोबाइल, १० ल्यापटप, र रु ८१ हजार नगद बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरू स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा भेटिएका थिए। प्रहरीले सट्टेबाजी सम्बन्धी गैरकानुनी गतिविधि अन्तर्गत उनीहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइने जनाएको छ।