काठमाडौं ट्राफिक प्रहरीले हराएका २० सवारी साधन फेला पारेर धनीलाई हस्तान्तरण

काठमाडौं ट्राफिक प्रहरीले हराएका २० सवारी साधन फेला पारेर धनीलाई हस्तान्तरण

काठमाडौं, माघ २८ – विभिन्न मितिमा हराएका सवारी साधन १८ वटा मोटरसाइकल र ८ वटा स्कुटर फेला पारेर काठमाडौं ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले सवारी धनीहरूलाई ती गाडीहरू बुझाएका हुन।

प्रहरीका अनुसार, हराएको सवारी खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट थिए भने केहीमा नक्कली नम्बर प्लेट राखिएको पाइएको थियो। ट्राफिक प्रहरीले पेप्सीकोला, काँडाघारी, फर्पिङ, कालिमाटी, लैनचौर, गौशाला, धर्मस्थली, नयाँ बसपार्क, र बौद्ध लगायतका स्थानबाट ती सवारी साधन बरामद गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *