प्रधानमन्त्री ओलीको भनाइ: “१० वर्षे सशस्त्र संघर्ष जनयुद्ध नभई हिंसा”

प्रधानमन्त्री ओलीको भनाइ: "१० वर्षे सशस्त्र संघर्ष जनयुद्ध नभई हिंसा"

२७ माघ,काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्ष लाई ‘जनयुद्ध नभई हिंसा’ भएको दाबी पुनः दोहोर्‍याएका छन्।

आइतबार सिंहदरबारमा आयोजित प्रजातन्त्र दिवससम्बन्धी बैठकमा सम्बोधन गर्दै उनले हिंसालाई जनयुद्ध भन्न रुचाउने तत्वहरू परिवर्तनको ऐतिहासिक आन्दोलनलाई अस्वीकार गर्न खोजिरहेको बताए। ओलीले प्रजातन्त्र दिवसलाई औपचारिक सरकारी कार्यक्रममा सीमित नराखी जनस्तरबाट मनाउन आग्रह गर्दै निरंकुशतन्त्र र प्रतिगमन नेपाली जनताको बलिदानी संघर्षबाट परास्त भएको उल्लेख गरे।

बैठकमा प्रधानमन्त्रीको अध्यक्षतामा उपप्रधानमन्त्री, मन्त्री, सुरक्षाकर्मी प्रमुख तथा अन्य उच्च अधिकारीहरूको सहभागिता थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *