टिकटक पुनः सञ्चालन, ट्रम्पलाई श्रेय

टिकटक अमेरिका, बाइटडान्स, अमेरिकी प्रतिबन्ध, ट्रम्प प्रशासन, बाइडेन, चीन-अमेरिका व्यापार, सामाजिक सञ्जाल नीति, राष्ट्रिय सुरक्षा

वासिङ्टन डीसी: टिकटक ‘ले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार पुनः सञ्चालनमा ल्याएको छ। कम्पनीले सेवा पुनः सुचारु गर्न नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका रहेको बताएको छ।

टिकटकका चिनियाँ मालिक बाइटडान्सले अमेरिकी सहायक कम्पनी गैर-चिनियाँ लगानीकर्तालाई बेच्ने समयसीमा नजिकिँदै गर्दा शनिबार राति सेवा बन्द गरेको थियो। तर, सोमबार पुनः सञ्चालन गर्दै ट्रम्प प्रशासनले अनुकूल वातावरण बनाएको उल्लेख गरेको छ।

राष्ट्रपति जो बाइडेन प्रशासनले यसअघि नै कुनै प्रतिबन्ध नलगाउने बताएको थियो। तर, अमेरिकी सुरक्षाका कारण टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन कार्यान्वयन भएपछि चीनले संयुक्त राज्य अमेरिकालाई ‘तर्कसंगत निर्णय’ लिन आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले संयुक्त राज्य अमेरिकालाई निष्पक्ष र भेदभावरहित व्यावसायिक वातावरण उपलब्ध गराउन आग्रह गरेका छन्। उनले भने, “टिकटक धेरै वर्षदेखि अमेरिकी प्रयोगकर्तामाझ लोकप्रिय रहँदै आएको छ। यसले रोजगारी र उपभोग वृद्धिमा योगदान पुर्याएको छ।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *