टिकटक प्रतिबन्ध हटाउने तयारीमा सरकार

टिकटक प्रतिबन्ध हटाउने तयारीमा सरकार

काठमाडौं: नेपाल सरकारले टिकटक प्रतिबन्ध हटाउने तयारी थालेको छ।

तत्कालीन प्रचण्ड सरकारले अश्लिलता र अराजकतालाई प्रश्रय दिएको आरोप लगाउँदै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

कात्तिक २७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटकमाथि प्रतिबन्ध लगाइयो, जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी रेखा शर्माले सम्हालेकी थिइन्।

अहिले सत्ता परिवर्तनसँगै कांग्रेस एमालेको नयाँ गठबन्धन सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गर्न तयारी सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित सञ्चार मन्त्रालयलाई प्रतिबन्ध हटाउन निर्देशन दिएका छन्।

सोही निर्देशन अनुसार सञ्चार सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने सम्बन्धमा गृहकार्य अघि बढाएका छन्।

टिकटक प्रतिबन्ध हटाउने तयारीमा सरकार
टिकटक प्रतिबन्ध हटाउने तयारीमा सरकार

सञ्चार मन्त्री गुरुङले टिकटक प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेका छन्।

टिकटकको साउथ एसियन क्षेत्रीय कार्यालयले नेपालको कानून परिपालना गर्दै सञ्चालन गर्न तयार रहेको जानकारी मन्त्रालयलाई पठाइसकेको छ।

आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पारित गरि टिकटक पुनः खोल्ने तयारी गरिएको छ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले टिकटक खोल्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन टिकटकको साउथ एसियन क्षेत्रीय कार्यालयबाट आएको पत्रको अध्ययन भइरहेको जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *