छैटौ खमेर विश्व च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

छैटौ खमेर विश्व च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

१ फागुन, काठमाडौं । कम्बोडियामा आयोजना भएको छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले स्वर्ण पदक जितेका छन्। प्रतियोगितामा नेपालले दुई स्वर्णका साथै दुई कांस्य पदकसमेत प्राप्त गर्दै उल्लेखनीय प्रदर्शन गरेको छ।

महिला ४८ केजी सेमी प्रोफेसनल तर्फ सुष्मा चौधरीले कम्बोडियाकी रिथी रितालाई पराजित गर्दै स्वर्ण पदक जितिन्। टोलीका प्रशिक्षकसमेत रहेका नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार सुष्माको प्रदर्शन आत्मविश्वासपूर्ण र प्रभावशाली रहेको थियो।

यू–१५ पुरुष ४५ केजी तर्फ पुस्करदेव मल्लले कम्बोडियाकै सन सोम्नाङलाई पराजित गर्दै स्वर्ण पदक हात पारे। कम उमेरमै अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण जित्न सफल पुस्करदेवको उपलब्धिलाई नेपाली खेलकुद क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ।

नेपालका सन्दिप तामाङले पुरुष ५७ केजी तर्फ र मुकेश लुइटेल खत्रीले पुरुष ६० केजी तर्फ कांस्य पदक जितेका छन्। यी पदकसँगै नेपालले प्रतियोगितामा चार पदकको समग्र सफलता हासिल गरेको छ।

नेपाली खेलाडीको यस उपलब्धिले अन्तर्राष्ट्रिय मार्शल आर्ट्स प्रतियोगितामा नेपालको उपस्थितिलाई अझ बलियो बनाएको छ। खेलाडी र प्रशिक्षकले आगामी दिनमा अझ राम्रो तयारीसहित थप प्रतियोगितामा सहभागी हुने लक्ष्य लिएको बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *