सुनुवाई समितिबाट निर्वाचन आयुक्तमा सिफारिस प्रधान सर्वसम्मतिले अस्वीकृत

काठमाडौंः संसदीय सुनुवाइ समितिले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले प्रधान आफैंले उम्मेदवारी कायम राख्न नचाहेको भन्दै सर्वसम्मत रुपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । प्रस्तावित व्यक्ति स्वयंबाट नै आफ्नो उम्मेदवारी कायम नराख्न समितिमा निवेदन दिएपछि अस्वीकृत गरिएको समितिका सभापति पशुपतिशमशेर राणाले जानकारी दिए । नाम…

Read More

पेट्रोलियम पदार्थ अन्वेषण: कडा चट्टान भेटिएपछि ड्रिलिङ कार्यमा कठिनाइ

काठमाण्डौः दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । जमिनमुनि कडा चट्टान भेटिएपछि ड्रिलिङका लागि ल्याइएका ड्रिलिङका बिटहरू भाँचिन थालेकाले ड्रिलिङ कार्यमा कठिनाइ भएको हो । खानी तथा भू–गर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजन जिओलोजिस्ट सुरेश श्रेष्ठका अनुसार ड्रिलिङ गर्ने मेसिनका बिट कडा चट्टानका कारण भाँचिन थालेपछि…

Read More

पूर्व भूमिसुधार राज्यमन्त्री रायको हत्यारा सार्वजनिक –

मलंगवा : प्रहरीले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यारा सार्वजनिक गरेको छ। विगत १० वर्षदेखि पूर्वराज्यमन्त्री रायको सहयोगीको रुपमा काम गर्दै आएका २५ वर्षीय राम उजैन रायले नै हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए । सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन राखेर प्रहरीले…

Read More
प्रधानमन्त्री ओली युगकवि सिद्धिचरणबाट प्रभावित

प्रधानमन्त्री ओली युगकवि सिद्धिचरणबाट प्रभावित

काठमाडौँः प्रधानमन्त्री ओली ले युगकवि सिद्धिचरण श्रेष्ठका रचनाबाट आफू ज्यादै प्रभावित भएको बताएका छन्। युगकवि सिद्धिचरण श्रेष्ठको 113औँ जन्मजयन्ती समारोहमा सम्बोधन गर्दै ओलीले युगकविका रचनाले युवाहरूलाई क्रान्तिमा होमिन प्रेरित गरेको र देश तथा जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक रहेको बताए। प्रधानमन्त्री ओली ले भने, “जसरी नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै…

Read More

बाघको संख्या निश्चित सीमामा कायम गर्नुपर्छ- प्रधानमन्त्री ओली

काठमाण्डौः प्रधानमन्त्री के पी शर्मा ओलीले संख्या वृद्धि गर्ने क्रममा सधैं  दोब्बर बनाउने नभई सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संख्या वृद्धि गर्नुपर्ने बताएका छन् । विश्व बाघ दिवस २०२४ का अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बालबालिकासँग बाघ संवाद गर्दै  प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारी रोकेर  देशको…

Read More
माओवादी केन्द्र पदाधिकारी बैठक सम्पन्न

माओवादी केन्द्र पदाधिकारी बैठक सम्पन्न

माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न भएको छ। नेताहरुले संगठन निर्माण र जनपरिचालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष प्रचण्डले नेताहरुको प्रश्नको जवाफ मंगलबार दिनेछन्।

Read More
ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ, १४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो । त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध…

Read More

पूर्वाधार विकासका सव-इन्जिनियरसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौंः सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर हिराबाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध रिट दायर गरेको हो ।…

Read More

डुरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान

काठमाण्डौंः भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल-२०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरू भारत प्रस्थान गरेका छन् । एक सय ३३ औँ संस्करणको उक्त फुटबल प्रतियोगितामा सहभागी हुन प्रस्थान गरेको उक्त टोलीमा पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी वसन्तराज गुरूङको नेतृत्वमा त्रिभुवन आर्मी क्लबका खेलाडी तथा अधिकारी गरी ४२ जना…

Read More
धनुषामा एक पुरूषको हत्या अभियोगमा तीन जना पक्राउ

धनुषामा एक पुरूषको हत्या अभियोगमा तीन जना पक्राउ

काठमाण्डौंः धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका-२, मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्याको अभियोगमा सोही ठाउँ बस्ने सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको उनले…

Read More