शङ्कर पोखरेल: ठूला दलको सरकार कसैले चाहेर पनि नढल्दैन

शङ्कर पोखरेल: ठूला दलको सरकार कसैले चाहेर पनि नढल्दैन

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार बलियो रहेको र कसैले चाहेर पनि नढल्ने बताएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८औँ केन्द्रीय परिषद् बैठकमा पोखरेलले सरकारले ढुक्क भएर काम गर्नुपर्नेमा जोड दिए।

‘अहिलेको सरकार संसद्का ठूला दुई दलको बलियो सरकार हो। यो दुई दलले नचाहँदासम्म कसैले चाहेर ढल्दैन,’ महासचिव पोखरेलले भने। उनले समृद्ध नेपाल सुखी नेपाली योजना कुनै व्यक्ति वा दल विशेषको नभई राष्ट्रकै साझा दृष्टिकोण भएको स्पष्ट पारे।

पोखरेलले अराजकतावाद र निराशाको भाष्य निर्माणले मुलुकलाई कमजोर बनाउने खतरा रहेको बताए। ‘पुराना दलको औचित्य सकियो भन्नु भ्रम फैलाउने प्रयास हो। एमालेमाथि प्रहार गरेर राजनीति र ठूला दलप्रति निराशा फैलाउने काम भइरहेको छ,’ उनले भने। लोकतन्त्रलाई सबल बनाउन बलिया राजनीतिक दल आवश्यक रहेकोमा उनले जोड दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *