सर्लाही ईश्वरपुरमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही ईश्वरपुरमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही ईश्वरपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नम्बर ६ दशबिघाकी ५० वर्षीया दुखनावती देवी सिंह रहेकी छन्। खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नगर अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको अस्पतालका स्वास्थ्य संयोजक सुगेन्द्र महतोले जानकारी दिए। घटना हिजो अपराह्न ४ बजेको भएको महतोले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *