सर्लाही ईश्वरपुरमा करेन्ट लागेर महिलाको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ६ दशबिघामा ५० वर्षीया दुखनावती देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ। खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो। नगर अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो।


