कैलालीको टिकापुर घटनाबारे प्रधानमन्त्री दाहालको स्पष्टोक्ति

काठमाडौं। आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै कैलालीको टिकापुर घटनाबारे प्रधानमन्त्री दाहालले स्पष्टोक्ति दिनु भएको छ ।

कैलालीको टिकापुर घटनामा दोषी ठहर भएकालाई तथा घटनामा जनधनको अपूरणीय क्षति भएको हुनाले कानुन अनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै उहाँले टिकापुर घटनामा जनधनको अपूरणीय क्षति भएको बताउनुभयो।

कानुनी प्रक्रिया र कैद माफी

‘टिकापुर घटना दुःखद हो, जसमा जनधनको अपूरणीय क्षति हुन पुग्यो,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिको हकमा कानुनबमोजिम नै हुनेछ।’ कैद माफी मिनाहाको विषय पनि कानुनबमोजिम नै हुने उहाँले प्रस्ट पार्नुभयो।

थारु समुदायको सशक्तीकरण

प्रधानमन्त्री दाहालले थारु लगायत आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्न र सशक्तीकरणमार्फत अधिकार सुनिश्चित गर्न सरकार गम्भीर रहेको बताएका छन्। यसै उद्देश्यले सरकारले आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

बजेट निर्माण प्रक्रियामा जनप्रतिनिधिको भूमिका

उहाँले भन्नुभयो कि , आवधिक बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं प्रणालीअनुरूप छलफल तथा स्वीकृति प्रक्रियामा सबै जनप्रतिनिधिको अहम् भूमिका रहन्छ।

संघीय संसद्मा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि संसद्को कारबाही नियमित हुन सकेको छैन

उनले नीति तथा कार्यक्रममा अपेक्षा गरेबमोजिम रूपान्तरण हुन नसकेको बताउनुभयो।

बजेटमा तादाम्यता र सम न्यायिक विकास

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रमका विषयमा सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरिएको बताए।

संघीयता र गणतन्त्रको रक्षा तथा संविधानले निर्दिष्ट गरेका मार्गचित्र अनुसार सबै भौगोलिक क्षेत्र, वर्ग र समुदायको समानुपातिक, सन्तुलित र सम न्यायिक विकासको लागि बजेट तर्जुमा गरिएको बताउनुभयो।

सुशासन र समृद्धि

प्रधानमन्त्रीले बजेटका प्राथमिकता तथा क्षेत्रगत विनियोजनबाट सुशासन र समृद्धिलाई मुख्य आधार बनाइएको जानकारी दिनुभयो।

बजेट निर्माणको प्रक्रियामा सबैको सहभागिता र सल्लाहले महत्वपूर्ण भूमिका खेलेको उहाँले स्पष्ट पार्नुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *