टुँडिखेलमा भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे, ८ जना घाइते

काठमाडौं । काठमडौंको टुँडिखेलमा माघी पर्व मनाउने क्रममा प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।आज माघी पर्व मनाउन थारु र मगर समुदायका ठूलो संख्यामा भीड लागेको छ । सो क्रममा धकेलाधकेल हुँदा ८ जना घाइते भएका छन् ।

गेटबाट पस्ने र निस्कने गर्दा धकेलाधकेल भएको र केही व्यक्तिहरु घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए । घाइतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागि भएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *