पहिरोलगायत मौसमजन्य विपदमा परी हालसम्म देशभर एक सय ५० जनाको मृत्यु
काठमाण्डौः बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी हालसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ। विपदमा परी काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। विपदमा ४९ जना बेपत्ता तथा एक सय ७७ जना घाइते…


