गोकर्णेश्वर महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

गोकर्णेश्वर महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली कांग्रेस गोकर्णेश्वर नगर समिति वडा नं. ८ एकाइ कार्य समितिले जोरपाटीस्थित बेशीगाउँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले काठमाडौँ उपत्यकामा पशुपतिनाथपछि धेरै धार्मिक पर्यटक आउने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको महत्त्वलाई जोड दिए। मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश मन्त्रालयले पहल गर्ने आश्वासन दिएका छन्।

पशुपतिनाथमा श्रीयन्त्रको पूजा र गोकर्णेश्वरमा बालयन्त्रको पूजा हुने भएकाले गोकर्णेश्वर महादेव मन्दिर धार्मिक दृष्टिकोणले उत्तिकै महत्त्वपूर्ण मानिन्छ। मन्त्री ठकुरीले मन्दिर क्षेत्रको पर्यटन प्रवर्द्धन र सहकारी क्षेत्रमा आइपरेको समस्याको समाधानका लागि पनि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गरिने बताए।

प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख भएदेखि नै मन्दिर क्षेत्रको धार्मिक, सांस्कृतिक विकासका लागि काम गर्दै आएको र यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न केन्द्र, प्रदेश, र स्थानीय तहले मिलेर काम गर्नुपर्नेमा जोड दिए। गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले बागमती नदीको उद्गमस्थल वाग्द्वारदेखि गोकर्णेश्वर महादेव मन्दिरसम्मको क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुपर्ने बताए।

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *