काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नियोगको परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।
बैठकमा प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको जिकिर गरेका थिए।
प्रधानमन्त्रीले भने, “विदेश जाने नेपालीको सङ्ख्या बढ्दैछ। तर, हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोग आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन। दरबन्दी धेरै पूरानो छ। यसलाई बदलेर सङ्गठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ। विदेशमा रहेका नेपालीको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ। सचिवस्तरमा प्राविधिक तयारी गर्नुस्। त्यसपछि हामी चाँडै एउटा निष्कर्षमा पुग्नेछौँ ”
बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको सवाल कूटनीतिमा अभिव्यक्त भएको बताउँदै देशले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायको सवलीकरण गर्नुपर्नेमा जोड दिए।


