लालबन्दी । रौतहटको इशनाथ नगरपालिकाले नागपञ्चमीको अवसरमा १३ गते मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको प्रमुखस्तरीय बैठकबाट निर्णय गर्दै सबै कार्यालय तथा शिक्षण संस्थामा बिदा दिइने जानकारी दिइएको छ। सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी रहेको जनाइएको छ।
नगरपालिकाको कार्यालयले हिजो एक सूचना जारी गर्दै लेखेको छ– कार्यालयमातहत रहेका सबै संस्था, शिक्षण संस्थाहरूसमेत स्थानीय सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति नगरपालिका क्षमाप्रार्थी छ ।’



