एमालेभित्र ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शक्ति संघर्ष

एमालेभित्र ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शक्ति संघर्ष

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा औपचारिक पुनरागमनसँगै नेकपा एमालेभित्र नेतृत्वको शक्ति संघर्ष चुलिँदै गएको छ। पार्टी कार्यकर्ता तहदेखि शीर्ष नेतृत्वसम्म यो विषय बहसको केन्द्रमा छ, जसले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्भावित टकरावलाई झनै तीव्र बनाएको छ।

एमाले सचिवालय दुई ध्रुवमा विभाजित देखिँदा विद्या भण्डारीको सक्रियताले अध्यक्ष ओलीको ‘मिसन ८४’ मा समेत चुनौती उत्पन्न गराएको छ। लगातार दुई कार्यकाल पार्टी अध्यक्ष भइसकेका ओली नेतृत्वलाई चुनौती दिने हैसियतमा पूर्वराष्ट्रपति विद्यादेवीको पुनरागमनको अर्थ धेरै विश्लेषकले नयाँ युगको संकेतको रूपमा व्याख्या गरिरहेका छन्।

७० वर्षे उमेर सीमा, कार्यकालको सिमा र पार्टी नेतृत्व परिवर्तनजस्ता संवेदनशील मुद्दाले एमाले विधान महाधिवेशनलाई अझै गम्भीर बनाएको छ। पार्टीको आगामी ११औं महाधिवेशनअघि ललितपुरमा आयोजना हुने विधान महाधिवेशनले एमालेको भावी दिशा तय गर्नेछ, जसमा ओली र विद्या पक्षको अन्तरिक समीकरण र रणनीतिले निर्णायक भूमिका खेल्ने निश्चित देखिन्छ।

पूर्वराष्ट्रपति भण्डारीको नेतृत्व चाहना र सार्वजनिक जीवनमा बढ्दो सक्रियता, उनले छाडेको राज्य सुविधा, र महिला नेतृत्वप्रति दिएको जोडले पनि एमालेभित्रको भावी नेतृत्वको समीकरण पुनः लेखिन सक्ने संकेत देखिएको छ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *