प्रधानमन्त्री ओलीद्वारा भोटेकोशी बाढी पीडित क्षेत्रको स्थलगत अवलोकन

प्रधानमन्त्री ओलीद्वारा भोटेकोशी बाढी पीडित क्षेत्रको स्थलगत अवलोकन

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय सरकारी टोलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन।

रसुवाको रसुवागढी र भोटेकोशी आसपासका क्षेत्रहरूमा बाढीले पुर्‍याएको विनाशकारी क्षति, बेपत्ता भएका व्यक्तिहरूको अवस्था, सुक्खा बन्दरगाहमा भएको क्षति र कन्टेनर बगाउँदा भएका नोक्सानीका विषयमा प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए।

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीको निरीक्षण गर्न जाने टोलिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, प्रधानसेनापति र चारै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

यो भ्रमणले बाढीपीडितको तत्कालीन राहत, दीर्घकालीन पुनर्निर्माण र नेपाल–चीन सिमा क्षेत्रमा अवस्थित भन्सारको सुरक्षालाई प्राथमिकता दिने सरकारको गम्भीरता झल्काउँछ।

प्रधानमन्त्री ओलीद्वारा भोटेकोशी बाढी पीडित क्षेत्रको स्थलगत अवलोकन
प्रधानमन्त्री ओलीद्वारा भोटेकोशी बाढी पीडित क्षेत्रको स्थलगत अवलोकन
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *