प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टीका कतिपय नेताहरू दलाल पूँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेको आरोप लगाए । आइतबार पार्टी मुख्यालयमा आर्थिक उत्पादन विभागको बैठकमा प्रचण्डले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका…

Read More

विधायन समितिमा निजामती विधेयकमा दफावार छलफल हुँदै

विधायन व्यवस्थापन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने लगायत । फाइल फोटो ११ भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज संघीय निजामती सेवा विधेयक २०८० माथि दफावार छलफल हुने भएको छ । त्यसका लागि समितिको बैठक आज बिहान साढे ११ बजे बस्दैछ । गत साउन ६ गते बसेको…

Read More

बारामा शिक्षक कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

बारा : शिक्षक कुटेको आरोपमा पक्राउ परेका बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्षमाथि प्रहरीले अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । वडाध्यक्ष वृजकिशोर कुशवाहाले साउन २८ मा प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षकलाई कुटेका थिए ।पीडित शिक्षक नागेश्वर यादवले दिएको जाहेरी दर्ता गरेर वडाध्यक्षलाई पक्राउ गरिएको बाराका एसपी सन्तोष तामाङले बताए । शिक्षक…

Read More

बोलेरो जीप भोटेकोशीमा खस्दा सर्लाहीका चालकसहित दुईजना बेपत्ता

लालबन्दी : भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। अरनिको राजमार्गअन्तर्गत हिन्दीमा आज तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए। उनका अनुसार सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले…

Read More

पहिला उद्योगीसँग लड्थे, अब सरकारसँग लड्दै उखु किसान

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले चालू आर्थिक वर्षको बजेटमा उखु किसानलाई अनुदान उपलब्ध गराउने बजेट विनियोजन नगरेको छ। सरकारले गत आर्थिक वर्षका लागि प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान मात्र दिने निर्णय गरेको छ। किसानहरूले अनुदान कटौतीको विरोधमा काठमाडौंमा आन्दोलन गरिरहेका छन् र उद्योगीहरू पनि उखु उत्पादन घट्ने चिन्तामा छन्। १० भदौ, काठमाडौं…

Read More

निजी विद्यालयबारेको प्रावधान सच्याउन उद्योग वाणिज्य संघ रुपन्देहीको आग्रह

१० भदौ, बुटवल । संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको केही प्रावधानप्रति बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ध्यानाकर्षण गराएकाे छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालले आज मंगलबार विज्ञप्ति जारी गर्दै निजी विद्यालयलाई विस्थापित गर्ने गरी ल्याइएका व्यवस्थाले मुलुकको शिक्षा क्षेत्र र भविष्यमा गम्भीर असर पर्नसक्ने औंल्याइएकाे छ । जारी विज्ञप्तिमा भनिएको…

Read More

तिजको अवसरमा प्रथम महिला सबिता पौडेलले गरिन् पशुपतिमा पूजा

१० भदौ, काठमाडौँ। प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गरेकी छिन् । प्रथम महिला पौडेलले मङ्गलबार पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पूजारीबाट टीका ग्रहण गरिन् । तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको थियो । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि…

Read More

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

१० भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् । पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट १२ र योगेन्द्रले…

Read More

वीरगञ्ज महानगरले सुरु गर्‍यो आफ्नै प्रयोगशालाबाट खानेपानी परीक्षण

१० भदौ, काठमाडौं । झाडापखला र हैजाको प्रकोप देखिएपछि वीरगञ्ज महानगरपालिकाले आफ्नै प्रयोगशालामार्फत खानेपानीको परीक्षण सुरु गरेको छ । झाडापखला र हैजा संक्रमणको प्रमुख कारण दूषित पिउने पानी हुनसक्ने आशंकामा महानगरले नमुना संकलन गरी परीक्षण प्रक्रिया अघि बढाएको हो । महानगरले वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना संकलन…

Read More

सर्लाहीमा अर्को एउटा इलाका प्रशासन थपिँदै

लालबन्दी । सर्लाहीमा एकसहित सरकारले सेवा प्रवाह सहज ल्याउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्काे प्रशासन समितिमा पठाएकाे छ। जसअनुसार सर्लाहीको बलरामा नयाँ इलाका प्रशासन कार्यालय थपिने भएको हो । प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि…

Read More