विपद्‌को बैठकमा पुगे सुदन गुरूङ, सरकारी कर्मचारीलाई दिए निर्देशन


१८ असोज, काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजीका नेता सुदन गुरुङ सहभागी भएका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्ट सहभागी बैठकमा गुरूङले विपद् उद्धारसँग सम्बन्धित विषयमा निर्देशन दिएका छन् ।

उनी आफैले सार्वजनिक गरेको उक्त भिडियोमा कर्मचारीहरूलाई निर्देशन दिँदै गरेको देखिएको छ ।

उनले कर्मचारीहरूलाई ठाडो निर्देशन दिँदै भनेका छन्, ‘ जहाँ-जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेका छैनन्, त्यो पहिले पहिचान हुनुपर्‍यो नि। तब तपाईंहरूले योयो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्‍यो भनेर भन्न सकिन्छ, बरु राज्यले के गर्नुपर्छ त्यसमा हामी पछि हेर्दिउँला, रासनपानी के-के हुन्छ, यसो मिलाइदिनु पर्ला । किनभने, त्यहाँ खाना छैन ।

उने एम्बुलेन्सलाई पनि पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरेका छन् । कम्तीमा त्यहाँ एम्बुलेन्स छ कि छैन भन्ने निर्क्योल गर्नुपर्‍योत्यसपछि उद्धार गर्नुपर्‍योउनले भनेका छन् ।

यस्तै उनले उक्त भिडियोमा विपद् उद्धारका लागि प्राधिकरणसँग कति टेन्ट? भनेर सोधेको पनि देखिन्छ । जवाफमा प्रमुख कार्यकारी अधिकृत भट्टले केही टेन्टहरू टीआईएमा छ, भएका टेन्टहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेका बताएका छन् ।

यसका साथै गुरूङले अब सशस्त्र प्रहरीको रिलोकेसन सेन्टरमा पनि रासनलगायत तयारी अवस्थामा राख्नुपर्ने औल्याएका छन् । त्यतिमात्रै होइन उनले स्वास्थ्य शिविरलगायत समेत तत्काल गर्नुपर्ने हुनसक्ने भन्‍दै कतिवट मोटरबोट रहेको भनेर प्रश्‍न सोधेको देख्‍न सकिन्छ।  जवाफमा डीएसपीले आफूहरुसँग ९६ र्‍याफ्ट र ३३ मोटरबोट रहेको बताएका छन् ।

सुदनले विपद् प्राधिकरणका सीईओलाई पनि हवाई उद्धारबारे प्रश्न सोधेको देख्न सकिन्छ । जसमा भट्टले सेनाका हेलिकप्टर परिचालन भइरहेको जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *