रौतहट । रौतहटमा हतियारसहित दुई जना पक्राउ परेका छन् ।
शस्त्र प्रहरी बल नेपाल नं ११ गणका अनुसार पक्राउ गुजरा नगरपालिका–३ स्थित धनसार सिमरी गेट नजिकै कटहरिया-३ का २६ वर्षीय कमोदाराम चमार र ४४ वर्षीय नेमलाल साह पक्राउ परेका हुन् ।
ज ४ प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई चेकजाँचका क्रममा कटुवा पेस्तोल १ थान र त्यसमा प्रयोग हुने ३ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलका उपरीक्षक विक्रम हुमागाईंले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्युरो र नं ११ गणको संयुक्त टोलीले गुप्त सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको बताए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले जानकारी गराए ।


