मधेस प्रदेशमा एकैपटक १ हजार ८० कैदी फरार

मधेस प्रदेशमा एकैपटक १ हजार ८० कैदी फरार

लालबन्दी : मधेस प्रदेशका चार जिल्लामा एकैपटक ठूलो संख्यामा कैदी फरार भएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार सप्तरी, महोत्तरी, रौतहट र पर्सामा रहेको बाल सुधारगृहसहित विभिन्न जेल तोडफोड गरेर १ हजार ८० कैदी र बालबालक भागेका हुन्।

सप्तरीमा रहेका ३९७ कैदीमध्ये २०५ जना भागेका छन् भने रौतहट जेलका २९२ मध्ये २३२ जना फरार भएका छन्। महोत्तरी कारागारमा रहेका ५७६ मध्ये ५७५ कैदी भागेका प्रहरी तथ्यांकले जनाएको छ। त्यस्तै, वीरगञ्जस्थित बाल सुधारगृहबाट ६८ जना बालक फरार भएका छन्

प्रहरीका अनुसार भाग्ने कैदीहरू लामो सजाय भोगिरहेका थिए। उनीहरूमा लागुऔषध कारोबार, हत्या र बलात्कारजस्ता गम्भीर अपराधमा संलग्न हुनेहरूको संख्या बढी रहेको पाइएको छ। यसले सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको प्रहरी स्रोतले जनाएको छ।

जेल तोडफोडको घटना जेल प्रशासनविरुद्ध कैदीहरू आक्रोशित बनेपछि भएको बताइएको छ। प्रहरीका अनुसार आन्दोलन चर्किँदा कैदीहरूले अवसर पाएका थिए। उनीहरूले समूहगत रूपमा आक्रमण गर्दै ढोका फोडेपछि ठूलो संख्यामा भाग्ने मौका मिलेको देखिन्छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले फरार कैदीहरूको खोजी तीव्र पारिएको बताएका छन्। उनका अनुसार सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ र सीमावर्ती नाका हुँदै भाग्ने सम्भावना भएकाले निगरानी बढाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *