भारतबाट मधेशका १६ बालबालिकाको उद्धार
भारतका मुम्बई, दिल्ली र बिहारका विभिन्न स्थानबाट उद्धार गरिएका १६ जना नेपाली बालबालिकालाई जनकपुरधाममा अभिभावकको जिम्मा लगाइएको छ। बालअधिकार संरक्षण र मानव तस्करीविरुद्धको संयुक्त प्रयासको यो सकारात्मक उदाहरण हो।
भारतका मुम्बई, दिल्ली र बिहारका विभिन्न स्थानबाट उद्धार गरिएका १६ जना नेपाली बालबालिकालाई जनकपुरधाममा अभिभावकको जिम्मा लगाइएको छ। बालअधिकार संरक्षण र मानव तस्करीविरुद्धको संयुक्त प्रयासको यो सकारात्मक उदाहरण हो।
बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दैछ। कोशी र मधेस प्रदेशमा भारी वर्षा, पहिरो र नदी सतह वृद्धि हुने सम्भावना छ।
मधेस प्रदेशका विभिन्न जेलबाट १ हजार ८० कैदी र बाल सुधारगृहका ६८ बालक फरार भएका छन्। प्रहरीका अनुसार फरारमध्ये अधिकांश लागुऔषध, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न थिए।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्, जसमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनमत, र लोसपाका प्रतिनिधिहरू समावेश थिए। यस निर्णयपछि प्रदेश सरकारमा राज्यमन्त्रीहरूको संख्या घटेको छ।
काठमाडौंमा बिहीबार साँझ हावाहुरी र वर्षा भएको छ, जसले विभिन्न स्थानहरूलाई प्रभावित बनाएको छ। नेपालमा स्थानीय वायु, पश्चिमी वायु, र भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम परिवर्तन भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कोसी, मधेस, वाग्मती, र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशहरूका केही स्थानहरूमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
स्वास्थ्य बीमा बोर्डको प्रयासमा, मधेस प्रदेशमा स्वास्थ्य बीमा दर्ता गर्ने परिवारहरूको संख्या मेचमारीमा वृद्धि हुँदै आएको छ।
काठमाडौं । माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ ।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएपिछ सो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने भएको हो ।
माओवादी केन्द्रले मधेश सरकारबाट आजै मन्त्री फिर्ता बोलाउने र सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ माओवादी केन्द्रबाट मधेश सरकारमा दुई जना मन्त्री छन् । मधेश प्रदेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन चाहिन्छ ।