‘बालीदेखि बजारसम्म’ : कांग्रेसद्वारा जडीबुटी सम्भावना र नीति सुधारमा विशेष छलफल

‘बालीदेखि बजारसम्म’ : कांग्रेसद्वारा जडीबुटी सम्भावना र नीति सुधारमा विशेष छलफल

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसको प्राकृतिक स्रोत विभागले ‘ जडीबुटी विशेष : बालीदेखि बजार’सम्म शीर्षकमा प्राकृतिक स्रोत मीमांशा कार्यक्रम सुरु गरेको छ। जडीबुटी क्षेत्रको उत्पादन, संकलन, प्रशोधन र बजार प्रवर्द्धनका विषयमा गहन छलफल गरिएको यो कार्यक्रम जडीबुटी किसान, संकलक, औषधि उत्पादक, नीति निर्माता र विज्ञहरूको सहभागितामा सम्पन्न भएको हो

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसहित रमा कोइराला, कुसुम थापा, लीला बोखिम र बीना कुमारी ठनौतको उपस्थिति रहेको थियो। कार्यक्रममा विभाग सचिव नवराज त्रिपाठीले नेपालमा प्रशस्त मात्रामा जडीबुटी पाइने भए पनि नीतिगत अवरोधका कारण त्यसको उचित उपयोग हुन नसकेको बताए। उनले नीति सुधार र व्यावसायिक उपयोगबारे गम्भीर छलफल भएको उल्लेख गरे

कार्यक्रमले जडीबुटी क्षेत्रको सम्भावना, चुनौती र समाधानका उपायहरू पहिचान गर्दै भविष्यका लागि नीति सुधार र बजार विस्तारमा केन्द्रित योजना बनाउने आवश्यकता औंल्याएको आयोजकले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *