१८ साउन, काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार, अमेरिकी डलर (USD) को खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै, युरोपियन युरो (EUR) को खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा रहेको छ भने बेलायती पाउण्ड स्ट्रलिङ (GBP) को खरिददर १८१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
अर्कोतर्फ, स्विस फ्र्याङ्क (CHF) को खरिददर १६५ रुपैयाँ १७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८९ पैसा रहेको छ।
अष्ट्रेलियन डलर (AUD) को खरिददर ९२ रुपैयाँ ५८ पैसा, बिक्रीदर ९३ रुपैयाँ ०७ पैसा र
क्यानाडियन डलर (CAD) को खरिददर १०२ रुपैयाँ ४८ पैसा, बिक्रीदर १०३ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।
भारतिय रुपैयाँ (INR) को सन्दर्भमा भने १०० भारतीय रुपैयाँको लागि नेपाली मूल्य १६७ रुपैयाँ तोकिएको छ, जुन राष्ट्र बैंकले पूर्वनिर्धारित रेञ्जअनुसार सिधै निर्धारण गर्दछ।
नेपाल राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राहरूको खरिद र बिक्रीदर सार्वजनिक गर्दै आइरहेको छ, जसले विदेश व्यापार, पर्यटन, र विप्रेषण लगायत क्षेत्रलाई सघाउने गर्दछ।


