काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभापति रवि लामिछाने माथि अन्याय नहोस् भन्ने उद्देश्यले आफुले अन्तिमसम्म प्रयास गरिरहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपाको असहमति रहे पनि आफुहरू समर्थनमा उभिएको कारण यही नै भएको स्पष्ट पारे। उनले रवि लामिछाने र रास्वपाका नेताहरू पछि सत्य बुझ्ने विश्वास व्यक्त गरे।
साथै, बैठकमा हालको प्रतिनिधिसभाको अवस्था, समाजवादी मोर्चाको भावी रणनीति र दुई पार्टीबीचको सम्बन्धबारे पनि छलफल भएको जानकारी दिए। ‘समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्नेबारे सामान्य छलफल भएको हो, कुनै गम्भीर विषय थिएन’, अध्यक्ष दाहालले उल्लेख गरे। संसद्मा दलहरूबीचको सहकार्य, विश्वास र भविष्यको योजना तय गर्ने सन्दर्भमा यो भनाइले राजनीतिक हलचल ल्याएको छ।