नेपाल-चीन सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

नेपाल-चीन सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

काठमाडौँ, चैत २ गते : सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि नेपाल-चीन सँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने र पारस्परिक हितका क्षेत्रमा थप लगानी आवश्यक रहेको बताए।

उनले नेपाल एक चीन नीति प्रति दृढ रहेको उल्लेख गर्दै, नेपाल-चीन सहकार्य केवल पूर्वाधार विकासमा सीमित नभई आर्थिक वृद्धिका नयाँ अवसर सिर्जना गर्ने माध्यम बन्न सक्ने बताए। सभामुख घिमिरेले नेपालले आफ्नो भौगोलिक अवस्थालाई उपयोग गरी ट्रान्जिट हबका रूपमा स्थापित हुनसक्ने सम्भावना औंल्याउँदै, दुई देशबीच भौतिक पूर्वाधार, सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा राखे।

नेपाल र चीनबीचको सम्बन्ध व्यवसायिक वा आर्थिक सहयोगमा मात्र सीमित नरहेको भन्दै उनले सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि सहकार्य विस्तार भइरहेको बताए। सभामुख घिमिरेले चीन नेपालका लागि भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै, नेपाल सरकारले चिनियाँ सरकार र जनताप्रति नेपालको विकासमा सहयोग पुर्‍याएकोमा आभार प्रकट गरे।

नेपाल-चीनको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको बताउँदै उनले विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशले सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा विशेष जोड दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *