हेटौंडा-काठमाडौँ फाखेल-मातातीर्थ सडक चैत २१ सम्म बन्द

फागुन ५, हेटौंडा :  हेटौंडा-काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक आजदेखि चैत २१ गतेसम्म बन्द रहने भएको छ। मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले सूचना जारी गर्दै सडक मर्मत तथा स्तरोन्नति कार्यका लागि सडक बन्द गर्नुपर्नेजानकारी दिनुभएको छ।

🔹 कुन सडक बन्द हुन्छ?

महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने देउराली-मातातीर्थ खण्डमा सडक निर्माण भइरहेको हुने भएकाले उक्त खण्डमा यातायात पूर्ण रूपमा बन्द रहनेछ।

🚧 हेटौँडा–काठमाडौँ वैकल्पिक मार्गको प्रयोगको आग्रह

सडक बन्द रहने भएकाले यात्रुहरूलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। निर्माण कार्य चैत २१ गतेसम्म सक्ने लक्ष्यराखिएको छ, त्यसपछि मात्र यातायात सञ्चालनमा आउनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *