सर्लाहीमा अदालतका फैसला कार्यान्वयन गर्दै ९५ अभियुक्त पक्राउ

सर्लाहीमा अदालतका फैसला कार्यान्वयन गर्दै ९५ अभियुक्त पक्राउ

सर्लाही : सर्लाही जिल्ला अदालतबाट भएका विभिन्न फैसला ‘हरू कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीले माघ महिनाभर फरार रहेका ९५ जना अभियुक्तलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ।

पक्राउ परेका अभियुक्तहरूमध्ये कतिपय लामो समयदेखि फरार रहेका थिए।अदालतको आदेशअनुसार उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी कैद तथा जरिवाना असुल उपर गरिएको छ।अदालतका फैसलाअनुसार यस अवधिमा जम्मा ६ वर्ष, ६ महिना, ६ दिनको कैद सजाय कार्यान्वयन गरिएको छ भने १६,९४,६२९ रुपैयाँ जरिवाना असुल गरिएको छ।

सर्लाहीमा लागूऔषध गाँजासहित एक महिला पक्राउ

प्रहरी प्रशासनले अदालतका आदेशहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै न्याय प्रणालीलाई अझ सशक्त बनाउन खोजतलास तथा कानुनी प्रक्रिया निरन्तर अघि बढाइरहेको जनाएको छ।साथै, फरार अभियुक्तहरूलाई खोजी गर्ने अभियानलाई थप प्रभावकारी बनाइने प्रहरी प्रशासनले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *