प्रतिनिधिसभाबाट सुरक्षित कारोबार विधेयक पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार विधेयक पारित

माघ २८ ,काठमाडौं – प्रतिनिधिसभाले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत रुपमा पारित गरेको छ। सभामुख देवराज घिमिरेले आजको बैठकमा विधेयक पारित भएको घोषणा गर्नुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुखको अनुमतिमा विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्नुभयो।

विधेयक अनुसार, चल सम्पत्तिको धितोमा हुने कारोबारलाई सुरक्षित, व्यवस्थित, र पारदर्शी बनाइनेछ, जसले आर्थिक क्रियाकलापलाई सहज बनाउने अपेक्षा गरिएको छ। अर्थ समितिको प्रतिवेदनअनुसार, विधेयकमा भएका संशोधनहरू सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। सभामुख घिमिरेले प्रतिवेदनका संशोधनहरू विधेयकको अभिन्न हिस्सा बनेको जानकारी गराउनुभयो।

अर्थमन्त्री पौडेलका अनुसार, यो विधेयक कार्यान्वयन भएपछि चल सम्पत्तिको धितोमा हुने कारोबारलाई थप व्यवस्थित बनाउँदै आर्थिक क्रियाकलापलाई वृद्धि गर्नेछ। प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजेका लागि तय गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *