पोखरामा बहुमूल्य ढुंगाको प्रलोभनमा साढे १३ लाख ठगी, तीन जना पक्राउ

पोखरामा बहुमूल्य ढुंगाको प्रलोभनमा साढे १३ लाख ठगी, तीन जना पक्राउ

२७ माघ,काठमाडाैं। पोखरामा पाँच करोड मूल्य पर्ने बहुमूल्य ढुंगा दिने प्रलोभनमा पारेर साढे १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतको फलेबास–५ स्थायी घर भई हाल पोखरा–१७ बस्ने इन्दिरा बिक , राजन बिक र खोटाङको हलेसी–१ की जुनू भन्ने लक्ष्मी राई रहेका छन्। पीडित कुन्ती सुब्बा गुरुङले आफूलाई बहुमूल्य ढुंगा दिने बहानामा प्रलोभनमा पारेर पटक–पटक गरी ठगी गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

गण्डकी प्रदेश प्रहरी कार्यालयको सहयोगमा कास्की प्रहरीले बुधबार पोखरा–६, लेकसाइडबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको कोठा खानतलासी गर्दा सेतो पारदर्शी ढुंगा ६ थान, रातो ढुंगा १ थान, तथा विभिन्न बैंकका ३१ लाख बराबरका चार थान चेक बरामद गरिएको छ।

कास्की जिल्ला अदालतबाट उनीहरूविरुद्ध ठगी मुद्दामा सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *