२७ माघ, चितवन – चितवनमा आइतबार बिहान मात्र दुई दुर्घटनाका घटनाहरू घटेका छन्। पहिलो घटनामा, नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा बस पल्टिँदा २५ जना यात्रु घाइते भएका छन्। उनीहरूलाई चितवन मेडिकल कलेजमा उपचार दिइँदैछ, जहाँ दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ।
त्यस्तै, मिनी ट्रक पनि इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै दुर्घटनाग्रस्त भएको छ।बर्दियाबाट काठमाडौँतर्फ खसी र बोका लिएर जाँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक अनियन्त्रित भई पल्टिएको हो। मिनी ट्रक दुर्घटना हुदा १४३ खसी र बोका रहेका थिए, जस मध्ये १९ वटा मरेका छन्। सौभाग्यवश, यस दुर्घटनामा मानवीय क्षति भने भएको छैन।