नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो, सुनको मूल्यमा पाँच हजार सात सय रूपैयाँको वृद्धि

सुनको मूल्य वृद्धि, चाँदीको मूल्य घट्यो: नयाँ दर कति?

काठमाडौं : आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ। मंगलबारदेखि लगातार बढिरहेको सुनको मूल्य आज पनि उकालो लागेको हो।

मंगलबार सुनको मूल्य प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेर बुधबार दुई हजार दुई सय रूपैयाँ र बिहीबार एक हजार ६ सय रूपैयाँ थपिएको छ। यसरी, तीन दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ६८ हजार पाँच सय रूपैयाँ पुगेको छ, जुन बुधबारको मूल्य भन्दा दुई हजार ६ सय रूपैयाँ बढी हो। त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार बढेर प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *